arrow

कांग्रेस नेता टेकनाथ पन्थीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Tek Nath Panthi.jpg

पोखरा । नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । 

उनी पारालाइसिस भएर लामो समय थलिएका थिए । पन्थीका श्रीमती र चार छोरा छन् । नेपाल ट्रेड युनियन कांग्रेसमा लामो समय राजनीति गरेका उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. ३२ का पूर्व सभापति पनि थिए । 

उनको आजै पोखरा लेखनाथस्थित मजुवाघाटमा अन्त्येष्टि गरिंदैछ । उनको पार्थिव शरीरमा कांग्रेस नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्ने बताइन्छ ।

यसैबीच कास्की कांग्रेसले पन्थीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव भानु ढकालले पन्थीको निधनले सिंगो पार्टी र ट्रेड युनियन आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

सचिव ढकालले भने, ‘नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ३२ का पूर्व सभापति, नेपाल ट्रेड युनियन कांग्रेसका जुझारू, निष्ठावान नेता, समाजसेवी आदरणीय टेकनाथ पन्थीको असामयिक निधन भएको खवरले हामी मर्माहत भएका छौं । दुःखको यस घडिमा दिवंगत आत्माको चीर शान्ति एवं वैकुण्ठवासको कामना गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ