arrow

पोखराका चार निजी विद्यालय हिसानमा आवद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Hishan Kaski.jpg

पोखरा । पोखराका चार विद्यालय उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीमा आवद्ध भएका छन् । 

हेमजाको स्नोभ्यू बोर्डिङ स्कूल, लेखनाथको युनिभर्स बोर्डिङ स्कूल, हेमजाको धवलागिरी बोर्डिङ स्कूल र रामबजारको हार्वर्ड एकेडेमी हिसानमा आवद्ध भएका हुन् ।

हिसान कास्कीको साधारणसभाको अवसरमा यी चार विद्यालयलाई सदस्यता प्रदान गरिएको हो । 

योसहित हिसान कास्कीमा आवद्ध हुने विद्यालयको संख्या ७० पुगेको छ । 

यी विद्यालयमा करिब आठ हजार विद्यार्थी आवद्ध छन् ।

स्पोर्टस् मिटको तयारी

हिसानले कक्षा ११, १२ र युनिभर्सिटी तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी १४औँ हिसान स्पोर्टस् मिट आयोजना गरेको छ ।

स्पोर्टस् मिट पुस ८ देखि १२ गतेसम्म पोखरा रङ्गशालामा हुने बताइन्छ । 

स्पोर्टस् मिटका लागि निवर्तमान अध्यक्ष एवम् प्रदेश वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । 

स्पोर्टस् मिटमा भलिवल, टेबिलटेनिस, ब्याडमिन्टन र बास्केटवलका खेलहरू हुनेछन् ।

हिसान कास्कीका अध्यक्ष यम रोकाको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष दिवाकर जैसीले स्वागत र सचिव ढाकाराम कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ