arrow

नबिल बैङ्कको ‘नबिल डिजिबैङ्क पोर्टल’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
nabil-digibank-portal-2078.jpg

काठमाडौँ। नबिल बैङ्कले आधिकारिक रूपमा ‘नबिल डिजिबैङ्क पोर्टल’ सार्वजनिक गरेको छ। ‘नबिल डिजिबैङ्क पोर्टल’ मार्फत बैङ्कका ग्राहकहरूले एकद्धार मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सहज र सरल बैङ्किङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैङ्कले आफ्नो उत्पादन-सेवालाई स्वचालित बनाएको छ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आज आयोजित एक कार्यक्रम बीच नबिल डिजि बैङ्क पोर्टलको सुरुवात गरेका हुन्। कम्प्युटराइज्ड बैङ्कबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैङ्कको रूपमा विकास भएको छ। विगत ३७ वर्षमा बैङ्कले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ।

बैङ्कका विभिन्न उपलब्धि मध्ये नबिल डिजि बैङ्क पनि एक हो। बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो। बैङ्कले आज नबिल डिजि बैङ्क पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ।  

नबिल डिजिबैङ्कमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट-क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल-एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ। यसका साथै बैङ्कले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ।

सोही अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवाहरू समेत सार्वजनिक गरेका छन्। भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि बैङ्कको शाखा पुग्ने वा अनलाइनबाटै बैङ्कलाई आवश्यक विवरण पेस गर्ने दुई विकल्प उपलब्ध भएको छ। भीकेवाइसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आङ्खनो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ।

त्यसै गरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैङ्क एप भित्र इमबोस्ड गरिएको सेवा हो। जसको माध्यमबाट ग्राहकले सजिलैसँग आङ्खनो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन्। साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ। ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैङ्क एप भित्र भर्चुअल कार्ड तुरुन्तै जारी हुन्छ। भर्चुअल आईकार्ड (भारतीय रुपैयाँ बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ।

कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले यो नबिल बैङ्कको डिजिटल यात्राको सुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैङ्क पोर्टलमा बैङ्कका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैङ्कको सेवाका साथै अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ