arrow

पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना नहोस् : महन्थ ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
mahanta-thakura.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसले नेपालमा गरेको संघर्षको प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ठाकुरले प्रजातन्त्र ल्याउनका लागि खटिएका बीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, महेन्द्रनारायण निधिलगायतका नेताहरु प्रेरणाको स्रोत भएकाले खुलेर प्रशंसा गरेका हुन् ।

उनले कुनै पनि पार्टी स्थीर नहुँदा देश अस्थिर भएको र सरकारमा स्थिरता नहुँदा देशका अन्य अंगहरु प्रभावित हुने भएकाले यसतर्फ सबैले सोच्नुपर्ने औंल्याए ।

संसद नचल्दा र न्याय दिने अदालतमा विवाद हुँदा जनताले न्याय पाउने अधिकारबाट बन्चित भएको अध्यक्ष ठाकुरको गुनासो थियो ।

थारुहट आन्दोलन संविधानप्रतिको असन्तुष्टी रहेको उल्लेख गर्दै उक्त आन्दोलनका कारण नेताहरु जेलमा बस्नुपरेको साथै अन्य आन्दोलन दबाउँदा धेरैको अधिकार कुन्ठित भएको उनको भनाइ थियो ।

अध्यक्ष ठाकुरले आन्दोलनलाई दबाएर नभइ सम्बोधन गर्नुपर्ने र सम्बोधन नभए ज्वालामुखी जस्तै विस्ष्फोट हुने साथै पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना नहोस भन्दै चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ