arrow

पार्टी एकताका लागि कृष्णप्रसाद सिटौलाको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
krishna-prasad-sitaula2424244.JPG

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी एकताका लागि आह्वान गरेका छन् । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘प्रतिस्पर्धा गर्दा सबै साथीलाई अनुरोध छ पार्टीभित्र सम्पूर्ण एकता कसरी सम्भव छ केन्द्रदेखि एउटा तहसम्म । जतिसुकै सिद्धान्तका कुरा गरे पनि पार्टीभित्र एकता निर्माण गर्न सकिएन भने परिमाण हात पार्न सकिँदैन ।’

उनले अगाडि भने, ‘धेरै चुनौती मैले देखिरहेको छु। लोकतान्त्रिक शासन व्यवस्थामाथि चुनौती छ । हाम्रो नेतृत्वमा बनेको संविाधानका मुल्य मान्यतामाथि चुनौती देखिन थालेको ।  सरकार, संसद, न्यायपालिकाको विषयमा केही भन्नु छैन । जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन ।’

नेता सिटौलाले अगाडि भने, ‘विगतको निर्वाचनमा हामी निकै मतले हार्यौं । वामगठबन्धले जित्यो । एकीकृत भयो तर टिक्न सकेन । कम्युनिस्ट पार्टीको आन्तरिक किचलोले आन्तरिक कलहले देश बर्बादीतिर झन्डै झन्डै गयो ।  बडो मुस्किलले अत्यन्त सानो संख्यामा रहेको कांग्रेस पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएको छ । धेरै अपेक्षा गरिएको छैन । सरकार चुनावसम्म पुगोस् कम्तीमा निर्वाचन स्वतन्त्र हुन्छ, निष्पक्ष र धाँधलीरहित हुन्छ । यो नेपाली कांग्रेसको इतिहासले प्रमाणित गर्दै आएको विषय हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ