- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाबीच चुनावी तालमेल हुने भएको छ । दरबारमार्गस्थित होटल रायल सिंघीमा छलफल चलिरहँदा सिटौलाले तालमेल भएको जानकारी दिएका हुन् ।
चुनावी तालमेलअनुसार तत्कालका लागि देउवाले आफ्नो प्यानलबाट सिटौला पक्षका नेता प्रदीप पौडेललाई महामन्त्री, उमाकान्त चौधरीलाई थारु क्लष्टरबाट सहमहामन्त्री र सुधीर शिवाकोटीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने सहमति भएको नेता भीमसेनदास प्रधानले बताए ।
त्यसैगरी नेता सिटौलालाई उनकै समूहबाट उपसभापति बन्न दबाब आएको बताइएको छ । सिटौलाले भने अहिलेसम्म इच्छा व्यक्त गरेका छैनन् । उनले उक्त छलफलका क्रममा आफूले देउवासँग वान टु वान वार्ता गरेपछि मात्रै निर्णय गर्ने बताएको सहभागी एक नेताले हाम्राकुरालाई जानकारी दिए ।
नेता सिटौलाले आफू उपसभापतिको उम्मेदवार बन्ने अवस्थामा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेललाई भने उक्त पदबाट तल नझार्नेसमेत अडान लिएको स्रोतले बताएको छ ।