arrow

डा. शेखर कोइरालाले दिए प्यानलसहित सभापतिमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
shekhar-pannel.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा पुगेर डा. कोइरालाले सभापतिमा उम्मेदवारी दिएका हुन् । 

उनीसँगै उनको प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ्ग तथा महामन्त्रीमा गगनकुमार थापा र डा. मिनेन्द्र रिजाल रहेका छन् । सबैले उम्मेदवारी दिएका छन् । 

यो समूहमा सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् । यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।

संस्थापन इतरबाट साझा उम्मेदवारी दिने तयारी भएको भए पनि प्रकाशमान सिंहले साझा उम्मेदवारीमा सहमति नगरी आफू पनि उम्मेदवार बन्ने भनी छुट्टै उम्मेदवारी बनेसँगै इतर पक्षबाट डा. कोइरालाले आफ्नो प्यानल तयार गरेका हुन् । 

लामो समयदेखि इतर पक्षले गरेको प्रयास विफल भए पनि आफूहरु लोकतान्त्रिक अभ्यासमा उत्साहका साथ लागेको नेताहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ