- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजू राणा देउवाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् । उनले राष्ट्रिय सभागृहमा पुगेर केन्द्रीय सदस्य खुला महिलामा उम्मेदवारी दिएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भए पनि उनको समाजमा छुट्टै पहिचान छ । सांसदसमेत भइसकेकी डा. आरजु सामाजिक अभिन्यतासंगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । उनी रुडुककी अध्यक्षसमेत हुन् ।
उनी २०७४ को निर्वाचनमा कैलाली–५ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भए पनि उनकै पहलमा अहिले उक्त स्थानमा विकासले तिव्रता पाएको स्थानीयको भनाइ रहेको छ । उनले खुटिया नदीमा तटबन्ध गरेर स्थानीयले नदी कटान र डुवानको समस्याबाट राहत पाएको स्थानीयहरु बताउँछन् ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी स्त्रीरोगसँगै अन्य रोगको सेवालाई विस्तार गर्न पनि उनले महत्वपूर्ण योगदान दिएको बताइन्छ ।
शैक्षिक क्षेत्रमासमेत उनको उत्तिकै पकड रहेको छ ।