arrow

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ – डा. शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
shekhar-team.PNG

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र डा. शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए । 

उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए । ‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ