arrow

मन्टेश्वरी एशोसिएशन कास्कीमा शाल्भी बाँस्तोला मर्सानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
Salbi banstola.jpg

पोखरा । मन्टेश्वरी एशोसिएशन कास्कीको अध्यक्षमा शाल्भी बाँस्तोला मर्सानी चयन भएकी छन् । संस्थाको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले शाल्भीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा सावित्री थापा मोक्तान, सचिवमा जनार्दन सुवेदी, कोषाध्यक्षमा रीतु पौडेल र सहसचिवमा रीता सुवेदी चयन भएकी छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा सङ्गीता न्यौपाने अधिकारी, कल्पना कार्की थापा, मिना सापकोटा, अप्सरा अधिकारी, विष्णुप्रसाद घिमिरे, खेमबहादुर क्षेत्री केसी, थिरु थापा, सीता खड्का रहेका छन् ।

लुमचन्द्र रेग्मी संयोजक, मीलन केसी र कुलप्रसाद सुवेदी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ अध्यक्षसहित कार्यसमिति चयन गरेको हो । 

यसअघि साधारण सभा उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले बाल विकासका लागि मन्टेश्वरीको भूमिका निकै महत्त्वपूर्ण हुने बताए ।

उनले मन्टेश्वरीले बालबालिकाको हरेक पक्षसँग सरोकार राख्ने भएकाले उनीहरूको मनोविज्ञानलाई विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । 

संस्थाकी संस्थापक अध्यक्ष अरुणा शेरचनले संस्थाको महत्त्व र गतिविधिबारे जानकारी गराएकी थिइन् ।

संस्थाका अध्यक्ष मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शाल्भी बाँस्तोला मर्सानीले स्वागत र कार्यक्रम सञ्चालन सचिव सावित्री थापा मोक्तानले गरेकी थिइन् ।

साधारण सभाले सचिव मोक्तान र कोषाध्यक्ष रीता सुवेदीले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गरेको थियो । 

कार्यक्रममा बाल साहित्यमा सहभागी बालबालिकालाई प्रमाणपत्र वितरण र विभिन्न मन्टेश्वरीका शिक्षिकाहरूलाई सम्मान गरिएको थियो । 

कार्यक्रम सम्पन्न गर्न नारायणी कुँवरले संयोजकको भूमिका निर्वाह गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ