arrow

कांग्रेस सांसदहरु चुनावमा, अन्य दलका संसदमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
corona-test-leaders121.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । आज महत्वपूर्ण दिन । आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । सबैजसो सांसदहरु मतदान स्थल भृकुटीमण्डपमै छन् ।

तर अन्य दलका सांसदहरु भने संसद भवन नयाँ बानेश्वर पुगेका छन् । उनीहरु भोलिदेखि शुरु हुने संघीय संसद्को बैठकका लागि कोभिड १९ को एन्टिजेन परीक्षण गराउन गएका हुन् । सोही क्रममा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु संसद भवन पुगे । 

यसअघि संसद् सचिवालयले सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा एन्टिजेन्ट परीक्षण हुने जनाएको थियो । 

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहित सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको थियो । 

त्यसअघि भोलिको संसद् बैठकको तयारी पूरा भएको जानकारी लिनका लागि सभामुख सापकोटाले अनुगमन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ