arrow

प्रतिनिधि सभाको सम्भावित कार्यक्रममा परेन एमसीसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
sansad-@@@.jpg.jpeg

काठमाडौं । भोलि (मंगलबार) बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सम्भावित कार्यक्रममा परेको छैन ।

गत महिना (नोभेम्बर)मा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाल भ्रमणको क्रममा एमसीसी सम्बन्धी अन्तिम निर्णय डिसेम्बर १४ अर्थात् मसिंर २८ (भोलि)सम्म गर्न भनेका थिए ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठक समेत भोलि नै बस्न लागेको हो । तर, भोलिको सम्भावित कार्यसुचिमा एमसीसी सम्झौता नभएपछि यसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

एमसीसी मुख्यालयको वेबसाइटमा रहेको सुचना अनुसार भोलि अर्थात् डिसेम्बर १४ मै एमसीसी सञ्चालक समितिको बैठक बस्दैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश छैन।  सम्भावित कार्यसूचीको पहिलो नम्बरमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

यस्तै दोस्रोमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरू मनोनयन गर्ने कार्यक्रम रहको छ । मंगलबार दिउँसो २ बजे संसद बैठक आह्वान गरिएको छ ।

यस्तो छ संसद सचिवालयको सुचना:

 



नयाँ