arrow

पराजित भए पनि प्रकाशमानलाई साथ दिनु मेरो कर्तव्य हो : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
biswaprakash-sharma1.jpg

काठमाडौं । कांग्रेस महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंगल हुने दोस्रो चरणको मतदानमा प्रकाशमान सिंह उभिएकै ठाउँमा आफू उभिने बताएका छन् ।

सिंहले सभापतिमा शेर बहादुर देउवालाई समर्थन गरेपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार विहान सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै शर्माले आफू पराजित भए पनि सिंहलाई साथ दिनु आफ्नो कर्तब्य भएको बताए ।

शर्माले लेखेका छन्,‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु । नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ