arrow

देउवाले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
sher-bahadur-deuba-123123.jpg

काठमाडौं । प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोश्रो चरणको मतदानमा सभापतिका उम्मेदवार देउवाले मतदान गरेका हुन् ।

सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अर्का उम्मेदवार डा शेखर कोइराला मतदानस्थलमै रहेका छन् । 

पहिलो चरणमा पाँच जना सभापतिका उम्मेदवारमध्ये एक जनाले पनि बहुमत नपुर्‍यएपछि दोश्रो चरणको निर्वाचन हुन लागेको हो । दोश्रो चरणमा सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

सभापतिका उम्मेदवार डा कोइरालाले दोश्रो चरणको मतदानबाट आफू विजयी हुने दाबी गरेका छन् । तर, पहिलो चरणका अन्य उम्मेदवार प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई नै समर्थन गरेपछि देउवा बलियो देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ