- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा भइरहेको छ । दिउँसो ३:४० बजेदेखि शुरु भएको मतदानमा साँझ ६:५० सम्म दुई हजार पाँच सय मत खसिसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
हाललाई बेलुकी ७:३० बजेसम्मको समय तोकिएको भए पनि सो समयभित्र मतदान सम्पन्न हुनेमा आशंका बढेको छ । समय नपुगे थप्न पनि सकिने जनाइएको छ ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए ।
मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ ।