arrow

सभापतिको दोस्रो चरणको मतगणना राति १० बजेबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
deuba-shekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानको गणना राति १० बजेदेखि शुरु हुँदैछ । मतदानमा ४ हजार ५ सय ६४ मत खसेको छ । यसअघि पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । 

दिउँसो ३ः४० बजेदेखि चलेको मतदान राति  राति ९ः२० बजे सकिएको हो । 

दोस्रो चरणमा भने मत कम खसेको छ । ११५ मत कम खसेको हो । कहाँ गयो त्यो मत ? 

दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ