arrow

मत गणना शुरु भएको तीन घन्टामा परिणाम सार्वजनिक गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-14th-vote.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानको गणना राति १०ः३० बजेदेखि शुरु हुँदैछ । मत गणना शुरु भएको तीन घन्टामा परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ । 

मतदानमा ४ हजार ५ सय ६४ मत खसेको छ । यसअघि पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा ११५ मत कम खसेको हो । दिउँसो ३ः४० बजेदेखि चलेको मतदान राति  राति ९ः२० बजे सकिएको हो ।

दोस्रो चरणमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ