- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानको गणना शुरु भएको छ । राति ११ः२० बजेदेखि शुरु भएको मत गणनाको परिणाम तीन घन्टामा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
मतदानमा ४ हजार ५ सय ६४ मत खसेको छ । यसअघि पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा ११५ मत कम खसेको हो । दिउँसो ३ः४० बजेदेखि चलेको मतदान राति राति ९ः२० बजे सकिएको हो ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए ।
मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ ।