arrow

कांग्रेस सभापतिको पुनः मतदानको मतगणनामा देउवालाई अग्रता

logo
रासस,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
deuba-shekhar.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १८०० मत गनिएको छ। यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन्।

सभापतिका उम्मेदवार देउवालाई १०४० मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्वी डा.शेखर कोइरालाले ७४१ मत प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

त्यस्तै १९ मत बदर भएको पनि सो समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ