arrow

बुधवार पाँच सयले घट्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
gold-pure2.jpeg

काठमाडौं ।  सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला बुधवार रु ५००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको बुधवारको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलवार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो । 

बुधवार चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलवार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔँसा एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ