मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले अत्याधुनिक फ्रन्ट लोड वाशर ड्रायर सार्वजनिक गर्यो
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
151
Shares
काठमाडौँ। वर्षा याम सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि चुनौती बन्ने गरेको छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने समस्यालाई ध्यानमा राख्दै सिजीको प्रिमियम ब्रान्ड सिजी मेरिडिया (सिग्नेचर सिरिज) ले अत्याधुनिक प्रविधिसहितको नयाँ फ्रन्ट लोड वाशर ड्रायर (मोडल: सिजीएमडब्लुडी१०७डीडी) नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको छ। १० केजी धुने र ७ केजी सुकाउने क्षमता रहेको यस मेसिनमा अत्याधुनिक डाइरेक्ट ड्राइभ (डीडी) मोटर प्रयोग गरिएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस डीडी मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको पनि अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ।
मनसुनका लागि विशेष सुविधाहरू
स्मार्ट ड्राइङ सिस्टम: बाहिर जस्तोसुकै झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ।
उच्च कीटाणुनाशक प्रविधि: मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई हटाउन यसमा एजी+ स्टेरिलाइजेसन र युभी लाइट स्टेरिलाइजेसन जस्ता प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केटले मेसिनको ढोकामा फङ्गस लाग्न दिँदैन।
अटो डोजः मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफैँ जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट आफैँ लिन्छ, जसले गर्दा हरेक पटक साबुन हाल्ने झन्झट हुँदैन।
सुपर स्पा एण्ड जेट स्प्रेः यसले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू सजिलै हटाउँछ र लुगालाई नयाँ जस्तै चम्किलो राख्छ।
इन्टेलिजेन्ट वासिङ सिस्टम: यस स्मार्ट प्रविधिले लुगाको प्रकारअनुसार पानी र समयको आफैँ व्यवस्थापन गर्छ। साथै, फोम सेन्सिङ एण्ड रिमुभलले आवश्यकताभन्दा बढी भएको फिँजलाई आफैँ सेन्स गरेर हटाउँछ।
सिजी ब्रान्डको मूल नारा “एक्सपेरियन्स लाइफ विथ सिजी” ले ग्राहकहरूको जीवनस्तर उकास्ने र दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिन्छ। यसै नारालाई सार्थक बनाउँदै आकर्षक डार्क ग्रे कलर र ५२० एमएमको ठूलो ढोका (सुपर साइज डोर) सहितको यो वाशर ड्रायर बजारमा ल्याइएको हो। यसले ग्राहकहरूको समय र मेहनत दुवै बचत गरी मनसुनमा पनि स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्नेछ।
सिजी मेरिडियाको यो नयाँ वाशर ड्रायर देशभर रहेका २१ वटा अत्याधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।