- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लवले घरेलु मैदान पोखरामा विजयी भएको छ ।
शहीद स्मारक एक डिभिजन लिगमा मनाङले अर्को उपाधि दावेदार नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
मनाङका लागि खेलको १०औं मिनटमा कप्तान अन्जन बिष्टले पहिलो गोल गरे ।
खेलको ३६औं मिनटमा सुमन लामाले पुलिसका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
यस्तै, ७३औं मिनटमा अन्जन बिष्टले नै मनाङलाई फेरि खेलमा अग्रता दिलाए ।
खेलको ८३औं मिनेटमा निशान लिम्बुले मनाङका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
खेलमा मनाङका अन्जन बिष्ट म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै पाँच खेलबाट १३ अंक जोडेको मनाङ शीर्षस्थानमा उक्लेको छ ।
पुलिस भने पाँच अंकका साथ नवौं स्थानमा छ ।