विश्वकै दोस्रो अग्लो बन्जी भएको स्थानमा अब घोडा पनि चड्न पाइने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
977
Shares
काठमाडौं । पर्वतको कुश्मामा विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा अब घोडा चड्न पाइने भएको छ । घोडा चड्न प्रतिव्यक्ति २ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ।
गुलेली पिङ, पारिवारिक पिङ, जर्ब बल, हाइ रोप स्टेसन, स्काइ चियर सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा घोडचढी सुरु गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।
बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।