arrow

खुला ३५ केन्द्रीय सदस्यमा ३५९५ मत गनिँदा यस्तो छ ९९ जनाको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
congress-voting.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि मतगणनाको परिणाम आउन बाँकी छ । केन्द्रीय निर्वाचन समितिले ३५९५ मत गणना गर्दाको परिणाम सार्वजनिक गरेको छ । जसमा शुरुआतदेखि नै डा. शशांक कोइराला शीर्ष स्थानमा रहेका छन् । 

उनले २९ सय ४२ मत पाएका छन् । त्यसैगरी एनपी साउद दोस्रो स्थानमा छन् । उनले २२ सय ६१ मत पाएका छन् । यसरी तुलना गर्दा शशांक यो महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत पाउनेतर्फ अग्रसर भइरहेका छन् । पदाधिकारीमा भने गगनकुमार थापा सबैभन्दा लोकप्रिय मतसहित महामन्त्री बनेका छन् । 

केन्द्रीय सदस्यको गणनामा तेस्रो स्थानमा बालकृष्ण खाँण रहेका छन् । उनले २२ सय ७ मत पाएका छन् । उदय शम्शेर राणा चौथो स्थानमा छन् । उनले २१ सय ६७ मत पाएका छन् । पाचौं स्थानमा रामहरि खतिवडा आएका छन् । उनले २१ सय ४७ मत पाएका छन् । रमेश लेखक भने छैटौंमा झरेका छन् । उनले २१ सय ३१ मत पाएका छन् । 

९९ जना उम्मेदवार रहेकामा ३५ जना निर्वाचित हुनेछन् । यस्तो छ अन्यको मत र स्थान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ