- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टी संयोजक मिलन पाण्डेले ‘सरी, राजतन्त्र मान्न सक्दिनँ, पञ्चायत पुज्न सक्दिन, धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिन, गणतन्त्र जिन्दावाद’ जवाफ देखेर पठाएका छन् । मिश्रले कारबाहीको लागि गत पुस १ गते स्पष्टीकरण सोधेका थिए ।
पाण्डेले उक्त स्पष्टीकरणको जवाफ लेख्दै मिश्रलाई प्रतिस्पष्टीकरण सोधेका छन् । संयोजक पाण्डेले मुद्दा निर्वाचन आयोगमा चलिरहेको र त्यसपछि अदालतमा जाने हुँदा पार्टीको भाद्र १७ गतेपछिको कुनै पनि गतिविधि नस्वीकार्ने स्पष्ट पारेका छन् ।
उनले विगत केही दिन यता गणतन्त्रवादीहरूलाई छानीछानी कारबाही गर्नाको कारण पनि रवीन्द्र मिश्रलाई सोधेका छन् । उनले मिश्रले निर्वाचन आयोगमा आफूलाई ९१ जनाको समर्थन रहेको छ भनी बुझाएको संख्यामाथि प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन् । उनले मिश्रले कीर्ते गरेको निर्वाचन आयोगले समेत बुझेर आयोगले स्पष्टीकरण सोध्दासमेत नैतिकताको आधारमा राजीनामा किन नदिएको ? भनेर प्रश्न गरेका छन् ।
पाण्डेले प्रतिस्पष्टीकरण सोध्दै भनेका छन्, ‘तपाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागिपरेका खास गरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्व दरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनु भएको भन्ने चर्चा सुनिन आएको छ। त्यसको सत्यता के हो ?’
पाण्डेले प्रतिस्पष्टीकरणमा मिश्रलाई सोधेका छन्, ‘तपाईलाई जुन एकीकरणको दस्ताबेजले अध्यक्ष बनायो, त्यो दस्ताबेज विपरीत मिडियाबाजी गर्ने र पार्टीलाई सिद्ध्याउने क्रियाकलापमा लागेपछि पनि तपाई त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ ? बीबीसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ की पर्दैन ?’
उनले थप सोधेका छन्, ‘तपाईकै नेतृत्वमा दुई पटकसम्म पार्टी फुटको सङ्घारमा पुगिसक्यो । डा. सरोज धिताल, डा. दिनेश प्रसाईँ, रेशु अर्याल, ओम अर्याल, स्व. संयोजक उज्ज्वल थापा, डा. सूर्यराज आचार्य, मुमाराम खनाललगायत कयौँ नेताहरूले पार्टी छोडे पनि तपाईलाई यो पार्टीमा आफू बाहेक अरू कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन चढिरहेको छ ?’
यस्तो छ पाण्डेले दिएको १५ पृष्ठ लामो स्पष्टीकरण पत्र–