arrow

'सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
drbaburam_(1).jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी लगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरूबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले भने, 'साना साना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।'

हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने उनले बताए । देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिए । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उनले बताए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए । 

गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कदम भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्ण रूपमा अन्त्य नभएको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप थियो । 

विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यस विरुद्ध नेपाली जनता लड्दै आएको उनको भनाइ छ । गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उनले बताए । उनले भने, 'अझै पनि सबै मिलेर खबरदारी गर्न लाग्नुपर्छ ।'

केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्व प्रधानमन्त्री भट्टराईले बताए । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उनले जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ