arrow

महिला खुला केन्द्रीय सदस्यमा पुरानै अनुहारको वर्चश्व, आरजूसहित तीन जनाको ‘न्यू इन्ट्री’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
arzu-deuba-rana-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएकामध्ये छ जना पुरानै अनुहार हुन् । तीन जनामात्र पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत आज राति सकिएको महिला खुलातर्फको मतगणना अनुसार तीन जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । विजयीमध्ये सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा, सुशीला ढकाल आचार्य र रंगमती शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । 

नौ जना निर्वाचित भएको महिला खुला केन्द्रीय सदस्यतर्फ डा. डिला संग्रौलाले सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन् । उनले कूल ४६ सय ७९ मतमध्ये २८ सय ८५ मत ल्याएकी छिन् । 

यस्तै, पुष्पा भुषाल दोस्रो भइन् । उनले २७ सय १८ मत ल्याइन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा तेस्रो भइन् । उनले २५ सय ३६ मत ल्याइन् । 

अम्बिका बस्नेत २३ सय ३९ मतसहित चौथो, इश्वरी न्यौपाने २२ सय ५९ मतसहित पाँचौंं, सरिता प्रसाई २ हजार ९६ मतसहित छैटौं, रमा कोइराला पौडेल १८ सय ५८ मतसहित सातौं, शुशीला ढकाल आचार्य १८ सय ४ मतसहित आठौं तथा रंगमती शाही १७ सय ८९  मतसहित नवौं भइन् । 

यस्तो छ अन्तिम परिणाम र मत

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ