एमसीसी अमेरिकी सहयोग होइन विष जस्तै हो : प्रेम सुवाल
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
307
Shares
काठमाडौं । नेपाल मजदुर किसान पार्टीकासांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राखेका छन् । उनले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका हुन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ‘एमसीसी अमेरिकी सहयोग होइन विष जस्तै हो,’ उनले भने, ‘यो सम्झौता गर्नेले राष्ट्रघाति काम गरेका छन्। एमसीसी खारेज हुनुपर्छ।’
एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने बताए ।