arrow

कांग्रेस प्रदेश २ अधिवेशन

७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी 

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ पुष ७ बुधबार
congress-election-janakpur.PNG

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशनमा विभिन्न ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी दिएका छन् । 

नेपाली कांग्रेस प्रदेश नम्बर दुईको जनकपुरधाममा जारी प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । साथै ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि-कोइराला समूहबाट प्रदेश दुईका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, २ उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव उम्मेदवार छन् । निधि-कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका छन् । उपसभापतिका उम्मेदवार रामाधार प्रसाद यादव भने स्वतन्त्र रहेका छन् ।

साथै २ महामन्त्रीका लागि ५ जनाको उम्मेदवारी परेको छ । निधि-कोइराला समूहबाट नरेश यादव र हरेश महतो तथा देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन् । विनोद चौधरीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै २ सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधि-कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समूहबाट रीता यादव र निधि-कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् । सहमहमन्त्रीमा खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाति खुला १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी प्रदेश सदस्य मधेसी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेसी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसङ्ख्यक अपाङ्ग १ पदका लागि ४ जनाको उम्मेदवारी दिएका छन् । ।

 प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँच जना सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ