arrow

कांग्रेस प्रदेश २ अधिवेशन

निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप, भोलि मतदान

logo
निरञ्जन कुमार साह,  
प्रकाशित २०७८ पुष ७ बुधबार
janakpur-jhadap.PNG

जनकपुर । जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप भएको छ । बुधबार जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबीच झडप भएपछि निर्वाचन शुरु नहुँदै स्थगित भएको छ ।

बिहानैदेखि मतदान हुने भनिए पनि दिउँसोसम्म मतदान शुरु भएको थिएन। राति मतदान गर्न नहुने भन्दै नाराबाजी गर्दै निधी पक्षका नेता तथा कार्यकर्ता उत्रिएपछि त्यसको प्रतिकारमा देउवा पक्ष नेता कार्यकर्ता पनि जसरी पनि मतदान हुनुपर्ने भन्दै उत्रिएका थिए । त्यसपछि दुवै समुहबीच झडप भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रदेश सभापतिका उम्मेदवार बीच छलफल गराएपछि बिहीबार बिहान ८ बजे देखि मतदान शुरु हुने जानकारी दिए । प्रदेशको नेतृत्व लिन कृष्ण यादव र प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।

झडप र नाराबाजी जारी रहेपछि प्रहरीले दुवै पक्षका नेताहरूलाई वार्तामा बसाएको थियो। वार्तामा दुवै पक्षबिच भोलि बिहान ८ बजेसम्मका लागि मतदानको कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। 

वार्ताबाट प्रदेशसभाका सभापतिका उम्मेदवार द्वय कृष्ण यादव र रामसरोज यादव बाहिरिएका छन्। उनीहरूले भोलि सम्मका लागि मतदानको प्रक्रिया रोकिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ