arrow

यस्तो स्वभावले पाउँछ दुःख

logo
चाणक्य नीति,
प्रकाशित २०७८ पुष ७ बुधबार
chanakya43.jpg

काठमाडौं ।  चाणक्य नीतिको १३ औं अध्याय को पन्ध्रौँ श्लोकमा मानिसको त्यो स्वभावको बारेमा बताइएको छ जसको कारण काम बिग्रन्छ । चाणक्य नीतिको यस  श्लोकमा  मानिसले आफ्नो मन माथि नियन्त्रण राख्नुपर्ने बताइएको छ । यसो नगरे कयौँ प्रकारका कठिनता बढ्दै जान्छ र कामकाजमा पनि मन लाग्दैन ।

अनवस्थितकायस्य न जने न वने सुखम्।
जनो दहति संसर्गाद् वनं संगविवर्जनात।।१५।।

आचार्य चाणक्य चञ्चलताबाट दुःखको चर्चा गर्दै भन्छन्, 'जसको चित्त स्थिर हुँदैन, सो व्यक्तिलाई न त मानिसहरूबीच सुख मिल्छ न त वनमा नै । मानिसहरुबीचमा रहँदा उसभित्र जलन हुन्छ तथा वनमा एकलोपनले जलाउँछ।'

यसको आशय यो हो कि कुनै पनि काम गर्दाको समय मन स्थिर राख्नुपर्छ । मन चञ्चल भए व्यक्ति न त कुनै काम टिकसँग गर्न नै सक्छ, न उसलाई कहीँ पनि सुख मिल्न सक्छ । यस्तो व्यक्ति समाजमा रहेर पनि आफ्नो अयोग्यता र अर्का मानिसको  सफलता देखेर त्यसलाई सहन सक्दैन । 

 यदि उ वनमा गए पनि निर्जनताले उसलाई छोड्दैन। यस प्रकार उ कहिले पनि सुखी रहन सक्दैन । चित्तको चञ्चलता दुःखको प्रमुख कारण हो ।



नयाँ