रामोसले रातो कार्ड पाएको खेलमा इकार्डीले पीएसजीलाई बचाए
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
553
Shares
फाइल तस्बिर
काठमाडौँ।सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन्। बुधवार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अङ्क बाँडेको हो। लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए।
८६ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे। खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए।
जितसँगै पीएसजीले १९ खेलबाट ४६ अङ्कसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अङ्कको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अङ्क छ।