- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गल्याण्डको एक नयाँ अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा कम गम्भीर बिरामी पार्ने कुरालाई थप मजबुत बनाइदिएकाे छ ।
ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टकाे तुलनामा केहि मात्र संक्रमितलाई अस्पताल भर्ना हुने अवस्थामा पुर्याए पनि डेल्टा भन्दा कयौं बढी संक्रामक रहेको र खोप लगाएकालाई समेत संक्रमित पार्ने वैज्ञानिकहरुले बताएका छन् ।
बढी मानिस संक्रमित हुँदा, बढी मानिस अस्पताल भर्ना हुने र बढीको मृत्यु हुने उनीहरुको भनाइ छ । यसले फेरि स्वास्थ्य क्षेत्र संकटमा पर्न सक्ने चिन्ता देखिएको छ ।
बुधवार जारी गरिएको नयाँ अध्ययनका आधारमा भ्यान्डरबिल्ट युनिभर्सिटीका बायोकेमिस्ट म्यानुअल एसकानोले ओमिक्रोन डेल्टा भेरियन्ट जत्तिकै हानिकारक नहुन सक्ने बताएका हुन् ।
इङ्गल्याण्डको तथ्यांक बिश्लेषण गर्दा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्या करिब २० प्रतिशत कम देखिएको हो ।
यसबीच अमेरिकी नियामकले कोभिड-१९ विरुद्ध फाइजरले उत्पादन गरेको औषधि चक्की 'प्याक्सलोभिड'लाई स्वीकृति दिएको छ ।
यस क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले धनी देशहरूले बुस्टर डोज लगाउँदैमा उनीहरु महामारीबाट नउम्किने चेतावनी दिएका छन् ।
उनले बुस्टर डोज लगाउने हतारले खोपको पहुँचमा गहिरो असमानता गराउँदै महामारीलाई लम्ब्याइरहेको भन्दै कुनै देश नउम्किने चेतावनी दिएका छन् ।