arrow

प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि मतदान 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ पुष ८ बिहिबार
matadan.PNG

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश नम्बर दुईको नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहीबार बिहान ९ : ४० देखि मतदान भइरहेको हो । पहिलो मत सभापतिका उम्मेदवार कृष्ण प्रसाद यादवले खसाले मतदान प्रक्रियाको शुरु गरेका हुन् । 

रौतहट जिल्ला सभापतिसमेत रहेका यादव पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट प्रदेश सभापति पदमा उठेका हुन्। त्यस्तै, दोस्रो मत देउवा पक्षबाट उपसभापतिको उम्मेदवार बनेका प्रदेश सरकारका महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले खसालेका छन् ।

तेस्रो मत शेखर कोइराला र विमलेन्द्र निधिको पक्षबाट सभापतिको उम्मेदवार बनेका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले खसालेका छन् । मतदानमा १ हजार ९ सय ५१ जना प्रतिनिधि सहभागी हुन लागेका निर्वाचन समितिले जानकारी दिएको छ।

कुल ७२ सिटका लागि १ सय ६९ उम्मेदवार मतदानमा प्रतिस्पर्धामा रहेको छ। जस मध्ये पाँच जना सदस्य निर्विरोध भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ