arrow

विद्यालयमै बेहोस भएका विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
Death-photo.jpg

तनहुँ। विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो । 

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए ।

विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो । 

धादिङ घर भई भानु नगरपालिका-१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए। “मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौं, गरिबीका कारण उपचार गराउन सकेका थिएनन्,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ