- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट खेल शुरु भएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
खेलाडीहरुले पारिवारिक, आर्थिक समस्याका बावजुद पनि खेल क्षेत्रमा ठूलो योगदान दिएको भन्दै अब खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउनुतर्फ राज्य लाग्नुपर्ने उनको भनाइ थियो ।
यु्वा यद्यमी मञ्च गण्डकीका अध्यक्ष सुनिलबहादुर भट्टराईले यसअघि पनि मञ्चले कास्की क्रिकेटसंग विभिन्न समयमा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गरिने बताए ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिताको बारेमा अवगत गराएका थिए ।
प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरी चार टिमको सहभागी छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि चार विकेटको जित निकालेको छ ।