arrow

बालक अपहरण गरि भारततर्फ भाग्दै गरेका सुरेश पक्राउ

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
apaharan-police.PNG

धनुषा । धनुषामा १४ महिनाको बालकलाई अपहरण गर्ने अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। बालकलाई अपहरण गरि भारत तर्फ भाग्दै गरेका सुरेश ठाकुरलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । 

खोजतलास गर्ने क्रममा धनुषा नगराईन नगरपालिका वडा नं.२ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेका सुरेश ठाकुरलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।
 
बुधबार जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १७ मनहरपुरका रासलाल मुखियाका छोरा कृष्ण मुखिया घर अगाडीको बाटोबाट हराएका थिए ।

जनकपुरधाम वडा नं. १६ पुल चोक स्थित डेरा कोठा बस्ने ठाकुरले अपहरण गरी लगेको खुलेपछि उनलाई नेपाल भारतको सिमाना नजिकै पक्राउ गरिएको हो ।

बालक कृष्ण मुखियालाई आमा सङ्गीता मुखियाको जिम्मा लगाइएको छ । भने उपहरणकारी ठाकुरलाई तत्कालै नियन्त्रणमा लिएर धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ