- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले अव नेपाली कांग्रेस चलायमान भएर अगाडि बढ्ने बताएका छन् । यशोधरा गाउंपालका वडा नं ४ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले विभिन्न गुट उपगुट चुनावमा मात्र केन्द्रीत भएकाले अबका दिनमा सबै एक भएर संगठन अगाडी बढ्ने आचार्यले बताएका हुन् ।
निर्वाचनको प्रतिस्पर्धाबाट केहीले विजयी हासिल गरेको र केहीले पराजय भोगपनि आगामी दिनमा पार्टी र जनताको काममा सबैको भूमिका बराबरी हुने उनले बताए । आगामी दिनमा पार्टी नेतृत्व र आम कार्यकर्ता जनताका पिर मर्का, समस्या समाधान गर्न र आउँदै गरेका तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउन लाग्नुपर्ने बेला आएकोले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सभापति अब्दुल कलामले कांग्रेसको १४औं महाधिवेशनबाट कांग्रेसलाई उत्साह आएकोले संगठन मजबुद भएको औंल्याए । महाधिवेशन प्रतिनिध विक्रम सिंह थापाले हरेक जनताका समस्यामा आफूहरु सधै संगै रही शान्ति र भयरहित समूदाय निर्माण गर्न लाग्ने बताए ।
हरिहर तिवारीको अध्यक्षता र प्रभाकर चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य प्रमलक्ता भट्ट, जिल्ला सह उपाध्यक्ष रजतराज आचार्य, सहसचिव वीरेन्द्र कुमार मिश्रा, क्षेत्रीय सचिव गणेशनाथ तिवारी, मोल्वी हारुन, राजकुमार पाण्डेय लगायतले बोलेका थिए । कार्यक्रममा शैलेन्द्र ओझाले स्वागत मन्तब्य राखेका थिए ।