arrow

ज्येष्ठ नागरिक दिवस

ज्येष्ठ नागरिकलाई सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
uma-regmi-new-aa.jpeg

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्ध बमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताएकी छिन् । उनले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुव्र्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको छ’ भनेकी छिन् ।  

‘ज्येष्ठ नागरिकको सम्मान बिना समाज सभ्य र सुसंस्कृत हुन सक्दैन, ज्येष्ठ नागरिकलाई उचित भरणपोषण गर्नु, सम्मान दिनु हामी सबैको कर्तव्य हो, व्यवहारमा हाम्रा आचरण र कर्मले ज्येष्ठ नागरिकलाई सम्मान दिनसकेमा यस दिवसको नाराले सार्थकता पाउँछ’ सन्देशमा उनले भनेकी छिन्, ‘ज्येष्ठ नागरिकका अधिकार संरक्षण र सामाजिक सुरक्षाका संवैधानिक प्रावधानको कार्यान्वयनमा मन्त्रालयको तर्पmबाट प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’
 
मन्त्री रेग्मीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको साझा कार्य जिम्मेवारीमा रहेको ज्येष्ठ नागरिक अधिकार संरक्षण एवं सामाजिक सुरक्षाका लागि समन्वयात्मक र एकीकृत नीति तथा कार्यक्रम तर्जुमा गर्न मन्त्रालयले पहलकदमी लिने बताएकी छिन् । उनले सन्देशमा भनिन्, ‘हरेक स्थानीय तहमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकको ज्ञान, सीप अनुभवको पुस्तान्तरणका लागि अन्तरपुस्ता अन्तक्र्रिया गर्ने र मनोरञ्जनात्मक स्थलको रुपमा समेत विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।’ 

मन्त्री रेग्मीले मातृदेवो भवः पितृदेवो भवः भनी आफ्नो परिवारको ज्येष्ठ नागरिकको मर्यादित, सम्मानित र सुखी जीवनतर्फ प्रेरित गर्ने नेपालको पूर्वीय दर्शन एवं सांस्कृतिक परम्परा अक्षुण राख्दै सुसंस्कृत सभ्यताको परिचय दिन तीनै तहका सरकार, घर परिवार, समाज एवं सबै नागरिकलाई आग्रह गरिन् ।  

ज्येष्ठ नागरिकको जीवनयापनमा भरथेग र सम्मानप्रति राज्यको कर्तव्यलाई बोध गरी सरकारीस्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आरम्भ भएको दिनलाई स्मरण गर्दै ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउने तयारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ