arrow

माओवादीका चार विचारलाई राप्रपा महामन्त्री कुन्तीको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
kunti-shahi.PNG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक  पार्टी (राप्रपा)की नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले केही बिचारमा सहमति रहेको बताएकी छन् ।

समारोहमा बोल्दै उनले महाधिवेशन सफलताको शुभकामना दिँदै माओवादी केन्द्रका केही बिचारमा राप्रपा पनि सहमत रहेको उनले बताएकी हुन् ।

समारोहमा उपस्थित सबै दल भन्दा आफ्ना बिचार फरक भए पनि माओवादी केन्द्रका केही विचारलाई उनले समर्थन गरेकी हुन् ।

उनले भनिन्, मौलिकताको विचार, आफ्नै मुलुकको संस्कृतिलाई समृद्ध बनाउने विचार, आफ्नै स्वावलम्बन अर्थतन्त्र निर्माण गर्ने बिचार, राष्ट्रियता बलियो बनाउने विचार र विदेशी चलखेल पूर्ण रूपमा निस्तेज गर्ने बिचारमा तपाइ हाम्रो पूर्ण रूपमा सहमत छ भन्ने मैले ठानेको छु ।

यस्तै उनले माओवादी केन्द्रको नीति, विचार र जनतालाई पूर्ण अधिकार सम्पन्न बनाउन, महिलाहरूलाई महिला समान बनाउन र युवालाई देशमा फर्काउन महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ