arrow

बहकिएर पार्टीका मान्यता बनाउने सोचबाट आन्दोलन अघि बढे देशको हित गर्दैन- शंकर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
shankar-2021.PNG

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा आजको परिवर्तन कुनै राजनीतिक दल विशेषको प्रतीक नभई सामूहिकताको परिणाम भएको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माओवादी सशस्त्र आन्दोलनमा हुँदा शान्ति वार्ताको क्रममा अगाडि बढाउन एमालेले अग्रसरता लिएको उनले बताएका छन्। यस्तै वैधानिकरुपमा आन्दोलन गरिरहेको एमाले १२ बुँदे सहमतिको आधार तयार पारेको समेत उनले बताएका छन् ।

'१२ बुँदे सहमतिको आधारमा जनआन्दोलनको आधार तयार गर्याैं र त्यसपछि शान्ति प्रक्रिया देखि संविधान निर्माणसम्म हामीले सहकार्य गरेका छौँ,' उनले भने ।

आजको परिवर्तन कुनै राजनीतिक दल विशेषको प्रतीकका रुपमा चित्रण गरे नेपाली इतिहासप्रति अन्याय हुने बताउँदै उनले भने, 'जबसम्म सामूहिकताका आधारमा नेपाल परिवर्तन ल्याएका हौँ भन्ने कुरालाई आत्मसात् गर्न सक्दैनौँ । परिवर्तनका च्याम्पियन त बन्छौँ तर संस्थागत गर्न सक्दैनौँ ।'

माओवादीले फरक खालको आन्दोलन गरिरहेका बेला रोल्पा रुकुम जस्ता ठाउँमा हिंसालाई शान्तिमा रूपान्तरित मान्यताका आधारमा अभियान चलाउने कामको नेतृत्व आफूले गरेको एमाले महासचिव पोखरेलले बताएका छन् ।  

यस्तै उनले आजको नेपाली वामपन्थी अभियान सही बाटोमा नहिँडेको टिप्पणी गरेका छन् ।

उनले भने, 'लक्ष्य एकतातिर छ, उद्देश्य एकातिर छ । राजनीतिक प्रश्नमा रहेका मतभेदले हामी बोल्न छोडेका छौँ, हेर्न छोडेका छौँ, यस प्रकारको चिन्तनले नेपाली समाजको रूपान्तरणको किमार्थ हुन सक्दैन । नयाँ सोचका साथ नयाँ सङ्कल्पका साथ नेपाललाई कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न अगाडि नबढाईकन नेताबीचका अन्तर कलहमा आधारित रहेर नीति बनाउने र त्यसैमा बहकिएर पार्टीका मान्यता बनाउने खालका सोचबाट (कम्युनिस्ट) आन्दोलन अघि बढे त्यसले देशको हित गर्दैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ