- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा जारी गण्डकी प्रदेश पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नवलपुरले तनहुँमाथि ९ विकेटको जित निकालेको छ ।
मात्रै ६४ रनको झिनो लक्ष्य पाएको नवलपुरले ९.२ ओभरमा एक विकेट गुमाएर प्राप्त गरेको हो ।
नवलपुरको जितमा गोविन्द विकले ५ चौका प्रहार गर्दै नटआउट ३० रन बनाए ।
यस्तै, रविन तिमिल्सीनाले २९ रनको पारी खेले ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको तनहुँले २२.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६३ रन बनाएको थियो ।
तनहुँका व्याट्स्म्यानहरु प्रशान्त सिंहले २० तथा समिर कँडेलले १६ रन जोडे ।
नवलपुरका बलहरु विशाल पौडेलले ३ विकेट लिँदा निश्चल भुषाल, रिजन काफ्ले र कमल परियारले समान २-२ विकेट बाँडे ।
तनहुँको तर्फबाट प्रदिप अर्यालले १ विकेट लिएका थिए । खेलमा नवलपुरका बलर विशाल पौडेल म्यान अफ द म्याच भए ।
उनलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ्ग ‘जिम्मी’ ले ट्रफी प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार कास्की र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।