arrow

नेपाल फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
volleyball-game.jpeg

काठमाडौं । नेपालको महिला भलिबल टोली बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २५-२० अङ्क, दोस्रो सेटमा २५-२३ अङ्कले तथा तेस्रो सेटमा २५-१४ अङ्कले हराएको हो । नेपाल लिग चरणको एक खेल खेल्नु अगावै फाइनलमा प्रवेश गरेको हो । 

नेपालले लिगको अन्तिम खेल किर्गिस्तानसँग खेल्ने ढाकामा रहेका नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए । 

 पहिलो खेलमा पराजित भएको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायमै छ । उज्वेकिस्तानले सोमबार श्रीलङ्कासँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउनेछ । 

जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले चार खेलबाट ११ अङ्क जोडेको छ । श्रीलङ्का १० अङ्कसहित दोस्रो तथा उज्वेकिस्तान नौ अङ्कका साथ तेस्रो स्थानमा छ ।

 यस्तै किर्गिस्तानको ६ अङ्क छ । बङ्गलादेश र माल्दिभ्स अङ्कबिहीन अवस्थामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ