arrow

नबिल बैंकको मोबाइल बैंकिङ्गबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Nabil-Bank-pr (1).jpg

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरुलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ्ग एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ ।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सीधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो साझेदारीले समस्त बैंक तथा वालेटका ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ । 

त्यस्तैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

नबिल बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८७ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्धी गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ