arrow

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पेसी सोमबारका लागि तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
supreme-court-long.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको पेसी सोमबारका लागि तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाएर दायर गरेको मुद्दाको पेसी गोलाप्रथामार्फत सोमबार आजका लागि इजलासमा परेको हो ।

यसअघि उक्त मुद्दामा न्यायाधीशद्वय दीपक कार्की र कुमार चुँडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । सोमबार भने उक्त पेसी न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ।

एमाले सांसदका रुपमा रहँदा नेपालसहित १४ सांसदलाई पार्टीले कारबाही गरेको निर्णय सदर हुनुपर्ने एमालेको माग छ । त्यस्तै सभामुख सापकोटाले दल विभाजनमा सहयोग पुग्ने गरी निर्णय गरेको भन्दै एमाले अदालत गएको हो ।

१४ जना सांस्दमा माधव नेपालसहित विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु, कल्याणी खड्का र सरला यादवलाई एमालेले निष्कासन गरेको दाबी गर्दै सभामुखलाई पत्र पठाएको थियो।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ