महामारीमै १ अर्ब डलर आम्दानी गर्ने फिल्म बन्यो ‘स्पाइडर म्यान–नो वे होम’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
436
Shares
काठमाडौं । मार्भलको ‘स्पाइडर म्यान–नो वे होम’ महामारीका बेला बक्स अफिसमा १ अर्ब डलर भन्दा बढी आम्दानी गर्ने पहिलो फिल्म बनेको छ । फिल्मले विश्वभरिबाट एक अर्ब अमेरिकी डलर भन्दा बढी आम्दानी गरेको हो।
यस्तै प्रर्दशन भएको छोटै समयमा धेरै आम्दानी गर्ने चलचित्रको तेस्रो नम्बरमा समेत ‘स्पाइडर म्यान–नो वे होम’ परेको छ।
प्रदर्शन भएको छोटो अविधिमा धेरै आम्दानी गर्ने चलचित्रको पहिलो नम्बरमा ‘एभेन्जर्स इन्डगेम’ ले ५ दिनमा र दोस्रो नम्बरमा ‘एभेन्जर्स इन्फिनीटि वार’ले ११ दिनमा यो रेकर्ड बनाएको हो ।
डिसेम्बर १६ मा रिलिज भएको ‘स्पाइडर म्यान–नो वे होम’ले अझै निरन्तर राम्रो कमाई गर्दै आएको छ । टम हल्यान्ड र जेन्डायाको अभिनय रहेको यो फिल्मलाई जोन वाट्सले निर्देशन गरेका हुन्।