arrow

ओलीलाई 'बा' भन्ने र ओली स्वयम् नै कम्युनिष्ट  होइनन् : स्वास्थ्यमन्त्री

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ पुष १२ सोमबार
birodh-khatiwada.PNG

रौतहट । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदमका कारण विद्रोह गर्नु परेको बताएका छन् । 

रौतहटको चन्द्रनिगाहपुरमा सोमबार आयोजित नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आफूलाई राजनेता बताउने ओलीको घमण्डले कम्युनिस्ट एकता भङ्ग भएको आरोप लगाए । उखान टुक्का र झुट्को खेती गर्न माहिर ओलीले जनतालाई भ्रममा पारेर आफू शक्तिशाली बन्ने दिवा सपना देखेको उनको आरोप छ ।
 
आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउन २ पटक सम्मानित संसद विघटन गर्ने ओलीले सत्ता र शक्तिका लागि जे पनि गर्न सक्ने भन्दै मन्त्री खतिवडाले ओलीलाई "केपी बा आई लभ यु" भन्ने कार्यकर्ता र स्वयम ओली नै कम्युनिष्ट नभएको बताए ।

मन मिल्दा माओवादीलाई ४०% दिने ओलीले आफू कमजोर हुन थालेपछि गुटबन्दी गर्दै पार्टी नै तहसनहस पार्ने काम गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ