arrow

टेनिसमा कमल थापाको दोहोरो जीत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Kamal Thapa.jpg

पोखरा । पोखरामा जारी पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकै दिन दोहोरो जित निकालेका छन् ।

उनले ५५ वर्ष माथिको सिङ्गल र डबल्स दुवै इभेण्टमा जित हासिल गरेका हुन् । सिङ्गलतर्फको प्रतिस्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६-४, ६-० को सहज जित निकालेका हुन् ।

सोही उमेर समूहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६-२, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरूमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६-१, ६-२ ले, विष्णु नेपालीले गौरव प्रताप शाहलाई ६-१, ६-३ ले, नेहार जङ्गबहादुर थापाले प्रमोद बहादुर थापालाई ६-०, ६-० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६-०, ६-० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६-०, ७-६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६-०, ६-२ ले पराजित गरे ।

यस्तै, उमन्स सिङ्गलतर्फ सलोनी तामाङले रायना शाहलाई ६-४, ६-३ ले, शर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६-२ ६-० ले, भगवती विकले श्रेया भट्टराईलाई ६-३, ६-३ ले तथा गङ्गा शर्माले सुभांगि लक्ष्मी शाहलाई ६-१, ६-३ ले पराजित गरिन् ।

३५ वर्षमाथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३-६, ६-३ र सुपरटाईमा १०-६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६-०, ६-१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६-४, ६-१ ले, भीष्म गुरुङले सबर मियालाई ६-०, ६-० ले, नवीन श्रेष्ठले सोम मगरलाई ७-६, ६-२ ले, नीरज थापाले मदन थापालाई ६-१, ६-१ ले, सीमान्त गुरुङले लक्ष्मण तामाङलाई ६-७, ६-३ र सुपरटाईमा १०-१ को जित निकाले ।

४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले शुकमान तामाङलाई ६-२, ६-० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६-३, ६-२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६-४, ६-३ ले, उत्तम बोगटीले सुक्र शेरचनलाई ६-१, ६-० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६-३, ३-६ र सुपरटाईमा १०-७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६-१, ६-० ले तथा हुम आलेले विकास गुरुङलाई ३-६, ६-३ र सुपरटाईमा १०-७ ले तथा विमल गुरुङले शरण गुरुङलाई ६-१, ६-० ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकाश वाङगेल र इन्द्र गुरुङलाई ६-२, ६-२ ले, सीमान्त गुरुङ र भीष्म गुरुङको जोडीले नीरज थापा र विकास गुरुङलाई ६-२, ७-५ ले, राजन पौडेले र नवीन श्रेष्ठको जोडीले सुकमान तामाङ र दुर्गा केसीलाई ४-६, ६-४ र सुपरटाईमा १०-६ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डवल्समा नवीन चालिसे र वीरेन्द्र लामाको जोडीले पदम गुरुङ र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ५-७ र सुपरटाईमा १०-४ ले पराजित गरे । 

निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केवी थापा र अमृत कार्कीको जोडीलाई ६-४, ४-६ र सुपरटाईमा पराजित गरे । ५५ वर्ष माथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ