arrow

कास्की कांग्रेसले खटायो ३३ जना प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
kaski_congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले मतदाता नामावली अद्यावधिक गर्न कास्कीभर ३३ जना प्रतिनिधि खटाएको छ । कास्कीका चारवटै पालिका अन्तर्गतका सबै वडामा प्रतिनिधि खटाएको कास्की कांग्रेसले जनाएको छ । 

जसअन्तर्गत पार्टीका उपसभापति युवराज कुँवरलाई अन्नपूर्ण गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा खटाइएको छ । यसैगरी अर्का उपसभापति रामबाबु भण्डारीलाई पोखरा २९, ३० र ३३, सचिव भानुभक्त ढकाललाई मादी गाउँपालिकाको वडा नं. ६, ७, ११ र १५ खटाइएको छ । 

यस्तै, अर्का सचिव देवेन्द्र भाटलाई पोखरा २६ र २७, सहसचिव नवीन सिग्देललाई पोखरा १८ र १९, अर्का सहसचिव शंकर ढुंगानालाई पोखरा ५ र ६ मा खटाइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ