arrow

कालीगण्डकी नजिक द क्लिफमा बिश्वकै अग्लो र लामो स्काइ साइक्लिङ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
cycling-final.jpg

काठमाडौं । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ ।

पर्वतको कुश्मास्थित कालीगण्डकी माथीको रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ)स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुईतर्फी गरि छ सय मिटर रहेको बताइएको छ ।

प्रतीब्यक्ती ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिसत छुट दिइने बताइएको छ ।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा दुई सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ